विदेश

जम्मु–कश्मिर भिडन्तमा ७ विद्रोही मारिए

जम्मु–कश्मिर भिडन्तमा ७ विद्रोही मारिए
kashmir_jammu_mapभदौ–२७ । भारत प्रशासित जम्मु–कश्मिरमा सात जना विद्रोही मारिएको खबर छ । त्यहाँ सुरक्षाकर्मी र विद्रोहीबिच दोहोरो भिडन्त चलिरहेको छ । भारतीय अधिकारीहरुका अनुसार कश्मिरको पुंछमा चलेको भिडन्तको क्रममा चार जना विद्रोही मारिएका छन् । सेनाको क्याम्प नजिक रहेको जिल्ला प्रशासन कार्यालयको एक भवनमा बिद्रोही घुसेका थिए । भवनमा विद्रोही घुसेपछि सेनाले कारबाही सुरु गरेको थियो । भिडन्तको क्रममा एक सुरक्षाकर्मीको पनि ज्यान गएको छ । अर्का एक जवान घाइते भएका छन् । साथै कश्मिरको कुपवाडा जिल्लामा भएको घटनामा पनि तीन जना विद्रोहीको ज्यान गएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

jamu kasmir fight jamu kasmir war

विशेष