News

कक्षा १२ को परीक्षाफल सार्वजनिक हुँदै

कक्षा १२ को परीक्षाफल सार्वजनिक हुँदै
hseb-copy-e1436418959972भदौ–२७ । कक्षा १२ को परीक्षाफल आज सार्वजनिक हुँदैछ । २०७३ राष्ट्रिय परीक्षा बोर्डले मानविकी, व्यवस्थापन, शिक्षा लगायतका सबै संकायको नतिजा सार्वजनिक गर्न लागिएको हो । बोर्डका निमित्त परीक्षा नियन्त्रक सन्तोष अर्यालले सबै तयारी पुरा भएकाले आजै बेलुकासम्म परीक्षाफल सार्वजनिक गर्ने बताएका छन् । गत साउन २३ गते विज्ञान संकायको परीक्षाफल सार्वजनिक भएको थियो । कक्षा १२ को परीक्षामा ३ लाख ४६ हजार ४ सय २७ परीक्षार्थी सहभागि थिए । उच्च माध्यमिक शिक्षा परिषद् खारेज भएर शिक्षा ऐन लागु भएसँगै परीक्षा बोर्ड गठन भएको हो ।

HSEB HSEB Nepal hseb result

विशेष