News

१२ कक्षाको परीक्षाफल प्रकाशित, ४८.१७ प्रतिशत उतिर्ण

१२ कक्षाको परीक्षाफल प्रकाशित, ४८.१७ प्रतिशत उतिर्ण
hseb-copy-e1436418959972भदौ – २७ । राष्ट्रिय परिक्षा बोर्डले कक्षा १२ को सबै संकायको परीक्षाफल सार्वजनिक गरेको छ । १२ कक्षाको नियमित तर्फ ४८.१७ प्रतिशत विद्यार्थी उतिर्ण भएका छन् । नियमिततर्फ परीक्षामा एक लाख ७५ हजार ५ सय ९३ विद्यार्थी सहभागीमध्ये ८४ हजार ५ सय ९३ बिद्यार्थी उतिर्ण भएका छन् । त्यस्तै आंशिकतर्फ एक लाख २३ हजार १ सय २१ ले परीक्षा दिएकोमा ४८ हजार ७ सय ६३ जना उतिर्ण भएका छन् । यो ३९.५९ प्रतिशत हो । गत बैशाख २० देखि सुरु भएको व्यवस्थापन, मानविकी र शिक्षालगायत सबै समुहको नतिजा सार्वजनिक गरिएको हो । बिज्ञान समूहको भने यसअघि नै परिक्षाफल प्रकाशन भइसकेको छ ।

hseb result

विशेष