विदेश

दक्षिण कोरियामा ५.८ म्याग्निच्युडको भूकम्प

दक्षिण कोरियामा ५.८ म्याग्निच्युडको भूकम्प

earthquake-GRAPHIC-8-14-15

भदौ  - २७ । दक्षिण कोरियामा अहिलेसम्मकै शक्तिशाली भूकम्प गएको योन्हाप न्युज एजेन्सीले मौसम विभागलाई उद्धृत गर्दै बताएको छ ।

सोमबार दक्षिण कोरियाको दक्षिणपूर्वी शहरमा पहिलो ५.१ म्याग्निच्युडको भूकम्पीय धक्का महसुस भएको र यसको करिब एक घण्टाको अन्तरमा सोही क्षेत्रमा ५.८ म्याग्निच्युडको भूकम्प गएको कोरियाली मौसम विभागले जनाएको छ । स्थानीय समयअनुसार सोमबार साँझ करिब ८ः३० बजे गएको भूकम्पको केन्द्र विन्दु गेएङजु सहरमा रहेको यूएसजीएसले जनाएको छ । भूकम्पबाट आत्तिएका कोरियालीहरू घर तथा कार्यस्थलबाट खुला ठाउँतिर दौडिएका दृश्यहरू स्थानीय समाचार माध्ययमले देखाएका थिए । तर अमेरिकी भूगर्भ विभाग (यूएसजीएस) ले सुरुको धक्का ४.९ म्याग्निच्युडको भएको र पछिल्लो ५.४ म्याग्निच्युडको भएको जनाएको छ । भूकम्पका कारण के कति क्षति भयो भन्ने विषयमा विस्तृत विवरण आइनसकेको बताइएको छ । रासस÷सिन्ह्वा÷एएफपी

Earthquake Earthquake in Korea Earthquake in South Korea

विशेष