
भदौ – २७ । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण रद्द भएको भन्ने समाचारको चिनियाँ विदेश मन्त्रालयले खण्डन गरेको छ । नेपाल र भारतीय सञ्चारमाध्यममा चिनिया राष्ट्रपतिले नेपाल भ्रमण रद्दे गरेको समाचार आएको थियो ।
चिनियाँ राष्ट्रपतिले आसन्न नेपाल भ्रमणको तयारीबारे ‘कूटनीतिक च्यानलबाट निकट संवाद’ भइरहेको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ ।
नियमित पत्रकार ब्रिफिङका क्रममा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनयिङले भ्रमण रद्द भएको भन्न नमिल्ने जनाइन् । ‘भ्रमणबारे धेरै विषय प्रस्ट हुन बाँकी रहेको छ,’ उनले भनिन् ‘उच्चस्तरको भ्रमण आदानप्रदानबारे दुई पक्ष निरन्तर कूटनीतिक संवादमा छांै ।’
दुई देशको सम्बन्ध थप उचाइमा र्पुयाउन निरन्तर सहकार्य आवश्यक रहेकाले त्यहीअनुरूप काम भइरहेको उनले पत्रकार ब्रिफिङका क्रममा बताइन् ।
Chines president
xi-jinping