१० लाख घुस दिने ५ लाख धरौटिमा छुटे

भदौ २८ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै कर्मचारीलाई १० लाख घुस दिँदा पक्राउ परेका दुई जना धरौटीमा छुटेका छन् । बुद्ध एकेडेमी आवासीय मावी जोरपाटीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छिरिङ वाङ्गेल शेर्पा र अखिल नेपाल हिमाली बौद्ध संघका अध्यक्ष सोनाम छिरिङ शेर्पा अख्तियारकै कर्मचारीलाई १० लाख घुस दिने क्रममा भदौ ६ गते पक्राउ परेका थिए । उनीहरुले मुद्दा कमजोर पार्न अख्तियारका कर्मचारीलाई घुस प्रस्ताव गरेका थिए ।
उनीहरुविरुद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको थियो । उनिहरुलाई जनहि पाँच पाँच लाख धरौटिमा रिहा गरिएको हो ।
Aktiyar Chiring