ताजा खबर विदेश News

बेलायतका पूर्व प्रधानमन्त्री डेविड क्यामरुद्वारा संसद पदबाट राजीनामा

बेलायतका पूर्व प्रधानमन्त्री डेविड क्यामरुद्वारा संसद पदबाट राजीनामा

devid-camroon भदौ २८ । बेलायतका पूर्व प्रधानमन्त्री डेविड क्यामरुनले सांसद पदबाट पनि राजीनामा दिएका छन् । प्रधानमन्त्री पदबाट राजीनामा दिएको करिब दुई महिनापछि उनले सांसद पदबाट समेत राजीनामा दिएका हुन् । उनले बेलायत युरोपेली युनियनमा रहने कि नरहनेबारे भएको जनमत संग्रहको नतिजा सार्वजनिक भएलगत्तै प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए ।

उनी बेलायत युरोपेली युनियनमै रहनुपर्ने पक्षमा थिए भने जनमत संग्रहको नतिजा युरोपेली युनियनबाट बेलायत बाहिरिनुपर्ने पक्षमा आएको थियो ।

क्यामरुन सन् २०१० देखि २०१६ सम्म बेलायतको प्रधानमन्त्री रहे । उनले सांसद पदबाट राजीनामा दिने घोषणा गर्दै आफू सक्रिय राजनीतिबाट केही समय टाढा रहन चाहेको जनाएका छन् ।

Devid Camrron

विशेष