ताजा खबर राजनीति News

शिक्षा स्वस्थ्य र रोजगारीको ग्यारेन्टी गर्न माग गर्दै विद्यार्थी संगठनको प्रधानमन्त्रीलाई ज्ञापनपत्र

शिक्षा स्वस्थ्य र रोजगारीको ग्यारेन्टी गर्न माग गर्दै विद्यार्थी संगठनको प्रधानमन्त्रीलाई ज्ञापनपत्र

pm भदौ २८ । प्रधानमन्त्री प्रचण्डलाई १४ विद्यार्थी संगठनले शैक्षिक प्रमाणपत्र धितो राखि ऋण उपलब्ध गराउन माग गर्दै ज्ञापन पत्र बुझाएका छन् । सोमबार सांझ नेपाल विद्यार्थी संघ, अनेरास्ववियू, अनेरास्ववियू (क्रान्तिकारी) लगायतका १४ विद्यार्थी संगठनहरुको संयुक्त ज्ञापनपत्र बुझाउंदै त्यस्तो धारण राखेका हुन् ।

ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले नेपालको विद्यार्थी आन्दोलनको इतिहास स्वर्णीम् छ । पञ्चायत कालमा विद्यार्थी आन्दोलन राजनीतिक आन्दोलनको दर्पण थियो । नेपालको परिवर्तनका आन्दोलनमा विद्यार्थी आन्दोलनको योगदान महत्वपूर्ण रहेको बताएका थिए ।

भेटमा विद्यार्थी नेताहरुले स्वास्थ्य, शिक्षा, रोजगारलाई मौलिक हकको रुपमा गरिएको व्यवस्था कार्यान्वयन गर्न, विद्यालय शिक्षालाई निशूल्क गर्न, प्रत्येक प्रदेशमा मेडिकल कलेजको स्थापना गर्न, मेडिकल शिक्षा सस्तो र गुणस्तरीय बनाउन, वैज्ञानिक चिकित्सा नीति लागु गर्न, १० प्रतिशत छात्रवृत्तिको व्यवस्था गर्न, यातायातको सिण्डिकेट हटाएर ४५ प्रतिशत छुट लागु गर्न, भागबण्डाका आधारमा विश्वविद्यालयमा पदाधिकारी नियुक्त नगर्न, निर्धारिति मितिमा स्ववियू निर्वाचन गर्ने वातावरण बनाउन, नयाँ वर्णबिन्यासको विवादको सहजीकरण गर्न, भारत भ्रमणमा राष्ट्रिय हितलाई केन्द्रमा राख्न, राष्ट्रिय गौरवका आयोजनालाई थप प्राथमिकतामा राख्न, पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागु गर्न, दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

Student Union

विशेष