ताजा खबर रोजगार News

वाणिज्य बैकले माग्यो ४ सय १८ कर्मचारी

वाणिज्य बैकले माग्यो ४ सय १८ कर्मचारी
banijya-bank

भदौ २८ ।  राष्ट्रिय वाणिज्य बैंकले खुलातर्फ २ सय ४९ जनाका लागि आवेदन माग गरेको छ भने आन्तरिक प्रतिष्पर्धाबाट १ सय ६९ जनाका लागि आवेदन माग गरेको छ।

राष्ट्रिय वाणिज्य बैंकले एक सूचना जारी गर्दै आन्तरिक र खुलातर्फ विभिन्न पदमा कर्मचारी माग गरेको हो। बैंकले खुलातर्फ ४ देखी ६ तहसम्मका कर्मचारी र आन्तरिकतर्फ ५ देखि १० तहसम्मका कर्मचारीका लागि आवेदन माग गरेको छ।  बैंकले खुलातर्फ सहायक प्रबन्धक(प्रशासन) छैटौँ तहका लागि ६९ जना, वरिष्ठ सहायक(प्रशासन) पाँचौ तहका लागि १९ जना, वरिष्ठ सहायक(नगद) पाँचौँ तहका लागि ५० जना, वरिष्ठ सहायक(सूचना प्रविधि) पाँचौँ तहका लागि ६ जना, सहायक(प्रशासन) चौथो तहका लागि ५५ जना र सहायक(नगद) चौथो तहका लागि ५० जना कर्मचारी माग गरेको छ।

यसैगरी बैंकले आन्तरिक प्रतिष्पर्धातर्फ मुख्य प्रबन्धक दशौँ तहका लागि ६ जना, वरिष्ठ प्रबन्धक नवौँ तहका लागि ७ जना, प्रबन्धक आठौँ तहका विभिन्न समूहमा २२ जना, उपप्रबन्धक सातौँ तहका विभिन्न समूहमा ३३ जना, सहायक प्रबन्धक छैटौँ तहका लागि ५२ जना, वरिष्ठ सहायक पाँचौ तहका लागि ४९ जना कर्मचारी माग गरेको छ।

यस्तै, बैंकले कार्यसम्पादन मुल्यांकनका आधारमा बढुवाका लागि पनि निवेदनको आह्वान गरेको छ। कार्यसम्पादन मुल्यांकनका आधारमा मुख्य प्रबन्धकमा बढुवाका लागि ५ जना, वरिष्ठ प्रबन्धकमा बढुवाका लागि ६, विभिन्न समूहका प्रबन्धकमा बढुवाका लागि १८ जना, विभिन्न समूहका उप(प्रबन्धकमा बढुवाका लागि २६ जना, सहायक प्रबन्धकमा बढुवाका लागि ४२ जना, विभिन्न समूहका वरिष्ठ सहायकमा बढुवाका लागि ४९ जनाको आवेदन माग गरिएको छ।

आवेदन पेश गर्नका लागि खुलातर्फको छैटौँ तहका लागि ७ सय र प्रत्येक समावेशी समूहका लागि २ सय तथा पाँचौ र चौथो तहका लागि ५ सय र प्रत्येक समावेशी समूहका लागि १ सय बुझाउनुपर्नेछ।  आवेदन असोज २८ गतेसम्म बुझाउन सकिनेछ। यस्तै, दोब्बर दस्तुर तिरेर थप ७ दिनसम्म आवेदन दिन सकिनेछ।  यसैगरी, आन्तरिकतर्फको दशौं तहका लागि १ हजार, छैटौँ, सातौँ, आठौँ र नवौँ तहका लागि ७ सय र पाँचौ तहका लागि ५ सय बुझाउनुपर्नेछ।

Nepal Bank limited

विशेष