News

इन्द्रजात्राकाे लिङ्गो ढलेर २ घाइते

इन्द्रजात्राकाे लिङ्गो ढलेर २ घाइते

भदाै - २८ । यस वर्षको इन्द्रजात्राका लागि हनुमानढोकामा लिङ्गो उठाउने क्रममा लिङ्गो ढलेर म‌ंगलबार दुईजना घाइते भएका छन् ।

नेपाली सेनाका हबल्दार भुमबहादुर गुरुङ र सिन्धुपाल्चोक स्थायी घर भई हाल चमती बस्ने पुष्प लामा गम्भीर घाइते भएका छन् । हबल्दार गुरुङको खुट्टा भाँचिएर छाउनीस्थित सैनिक अस्पतालमा तथा लामाको वीर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बिहान शुभसाइतमा लिङ्गो उठाउन लाग्दा सो पल्टेर यस्तो घटना घटेको हो । सुरक्षाकर्मी तथा स्थानीयवासीको सहयोगमा लिङ्गो उठाउने प्रयास भइरहेको छ ।

indra jatra lingo

विशेष