मनोरञ्जन News

पूर्व प्रधानमन्त्री केपी ओलीले छक्का पञ्जालाई नराम्रो भनेपछि...

पूर्व प्रधानमन्त्री केपी ओलीले छक्का पञ्जालाई नराम्रो भनेपछि...
kp-sharma-oli-nepalaaja भदौ - २८ । धेरै चर्चा र लोकप्रीयता कमाईरहेको चलचित्र छक्का पञ्जा तीन पूर्व प्रधानमन्त्रीले एकैसाथ हेरेका छन् । नेकपा एमालेको प्रतिनिधित्व गर्दै पूर्व प्रधानमन्त्री बनेका केपी शर्मा ओली, झलनाथ खनाल र माधव कुमार नेपालले एकैसाथ छक्का पञ्जा हेरेका हुन् । चलचित्र हेरिसकेपछि पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले फिल्म राम्रो तर छक्का पञ्जा नराम्रो भन्दै ठट्यौली प्रतिक्रिया दिएका छन् । मुन्द्रे, माग्ने, दिपक दिपा भएको फिल्मले नहँसाउने त कुरै भएन, पूर्व प्रधानमन्त्री ओलीले भने नाम छक्का पञ्जा भए पनि फिल्ममा संदेश र मनोरञ्जनको गतिलो संयोजन रहेको भन्दै प्रशंसा गरेका थिय । यस्तै, चलचित्रबारे प्रतिक्रिया दिँदै पूर्व प्रधानमन्त्री झलनाथ खनालले फिल्मले संवाद नै पिच्छे धेरै नै हँसाएको प्रतिक्रिया दिएका छन् । उनले भने राम्रैसँग हाँसीयो तर वैदेशीक रोजगारीले ल्याएको सामाजिक समस्यालाई फिल्ममा हेर्दा विक्षिप्त हुन पनि बाध्य गरायो । अर्का पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले पनि फिल्मको प्रशंसा गरेका छन् । एमाले केन्द्रिय कमिटिका करिब एक दर्जन नेता छक्का पञ्जा हेर्न एकसाथ सिटी सेन्टर पुगेका थिए । यस्तै, हाँस्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले पनि पूर्व प्रधानमन्त्रीहरुसँगै बसेर छक्का पञ्जा हेरेका छन् । आफ्नो पथमा रहेका हाँस्य कलाकारले निर्माण गरेका चलचित्रले दर्शकको मन जित्दा आफुलाई निकै खुशी लागेका मह जोडिले बताएका छन् ।

Chhakka Panja KP Oli

विशेष