News

भारत भ्रमणबारे सुझाव लिन बोलाइएकोे सर्वदलीय बैठक सम्पन्न

भारत भ्रमणबारे सुझाव लिन बोलाइएकोे सर्वदलीय बैठक सम्पन्न
baithak भदौ २८ । प्रधानमन्त्रीको आसन्न भारत भ्रमणबारे सुझाव लिन बोलाइएको व्यवस्थापिका–संसदमा प्रतिनिधित्व गर्ने दलहरुको सर्वदलीय बैठक सम्पन्न भएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमूख एवं प्रतिनिधिहरुले भ्रमणबारे विभिन्न सुझाव र धारणा पेश गरेका थिए । बैठकमा दलका नेताहरुले नेपाल–भारत सम्बन्धलाई दीर्घकालीन रुपमै सुदृढ र मैत्रीपूर्ण बनाउन, विकास आयोजना सम्बन्धि विगतमा गरिएका सम्झौताहरुको कार्यतालिका सहित कार्यान्वयनको वातावरण बनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको प्रधानमन्त्री भारत जाने कुराले नेपालमा धेरै चर्चा पाउने र आशंका पनि गर्ने गरिएको भन्दै आफ्नो भारत भ्रमण दुई देशीय सम्बन्ध सुदृढ गर्नेमा केन्द्रित हुने बताए । प्रधानमन्त्रीले भने, ‘प्रधानमन्त्री भारत भ्रमण जाने कुराले नेपालमा सधैं तरङ्ग ल्याउँछ । तर, यसपटकको मेरो भ्रमण दुई देशीय सम्बन्धको सुदृढीकरण र विगतमा भएका सम्झौताको कार्यान्वयनमा नै केन्द्रित हुनेछ ।’

BICC pm pushpa kamal dahal prachanda

विशेष