News

'संविधान संशोधन नभए १० महिनामा संविधानको अन्त्य हुन्छ '- कर्ण

'संविधान संशोधन नभए १० महिनामा संविधानको अन्त्य हुन्छ '- कर्ण
laxman भदौ - २८ । सद्भावना पार्टीका सह अध्यक्ष लक्ष्मणलाल कर्णले संविधान संशोधन नभए संविधानको अस्तित्व केवल दश महिनामा समाप्त हुने बताएका छन् । रक्त सञ्चार क्लबले आयोजना गरेको साक्षत्कार कार्यक्रममा बोल्दै कर्णले भने, ‘४७ सालको संविधान दश बर्ष नटिके जस्तै संविधान संशोधन गरि मधेश र जनजातिको माग पुरा नगरे १० महिनामै संविधानको अस्तित्व सकिन्छ ।’ कर्णले कार्यक्रममा बोल्दै आफूहरु वैवाहिक अंगीकृत नागरिकताको पक्षमा रहेको र अंगीकृत नागरिकता प्राप्त गरेकी महिलाले क्षमता अनुसार राज्यको सबै निकायमा प्रबेश पाउनु पर्ने उनले बताएका छन् । आफूहरु अंगीकृत नागरिकताको पक्षमा नरहेको र यस बिषयमा अनर्गल प्रचारप्रसार गरिएको कर्णले बताए । कर्णले मधेशको माग पुरा नगरिकन तोकिएको समयमा निर्वाचन गर्छौ भन्नु हल्ला मात्र रहेको पनि प्रष्ट पारेका छन् । उनले सस्तो लोकप्रियता हासिलमा राजनीतिक दलहरु लागेको आरोप समेत लगाए । कर्णले सिंमाकन बिबाद समाधान गर्न उत्तर दक्षिण मिलाएर जानुपर्ने र पहिचान सहितको मधेशमा दुइ प्रदेश निर्धारण गरिनुपर्ने बताए । भारतको बिरोध गर्दैमा राष्ट्रबाद भईन्छ भन्ने भ्रम एक थरिका बुद्धिजीबिमा र नेताहरुमा रहेको बताए । कर्णले प्रधानमन्त्रीको भारत भ्रमण नेपाल र नेपालीको अहितमा नहुने उनले बताए । भारतको बिरोध गर्दैमा राष्ट्रबाद भईन्छ भन्ने भ्रम एक थरिका बुद्धिजीबिमा र नेताहरुमा रहेको बताए ।

lxmaan laal karna sambidhan samodhan

विशेष