News

'भारत केही माग्दैन् नेपालकाे अाश मात्रै' - परराष्ट्रमन्त्री डा. महत

'भारत केही माग्दैन् नेपालकाे अाश मात्रै' - परराष्ट्रमन्त्री डा. महत
prakash-haran-mahat भदौ – २८ । परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले आफ्नो भ्रमणका क्रममा भारतको तर्फबाट कुनै माग वा शर्त नआएको बताएका छन् । तर, नेपालले भने आफ्नो आवश्यकता अनुसार राष्ट्रिय महत्वका मुद्दा उठाएको बताए । दुईदिने भारत भ्रमण सकेर मङ्गलबार स्वदेश फर्किएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो कुरा भनेका हुन् । ‘यस भ्रमणमा नयाँ आयोजना वा सम्झौता भन्दा पनि दुई देशबीच लामो समयदेखि कार्यान्वयनको चरणमा रहेका र सम्झौता भएर पनि कार्यान्वयन हुन नसकेका विषयमा छलफल भयो’, उनले भने । कार्यान्वयनको चरणमा रहेका र सम्झौता भएर पनि कार्यान्वयन हुन नसकेका अवरोधहरु हटाएर सहजीकरण गर्दै अघि बढ्ने विषयमा नेपालले प्रस्ताव गरेको उनले बताए । ‘नेपालको तर्फबाट राखिएको प्रस्तावमा भारत अत्यन्तै सकारात्मक भएको छ’, उनले भने । , नेपालले पञ्चेश्वर आयोजनालाई गतिदिने विषयका साथै डुबान समस्याबारे कुरा उठाएको र आगामी दिनमा यी विषयमा उत्पन्न अवरोध हटाएर कार्यान्वयनमा सहजीकरण गर्न भारत सहमत भएको उनले जानकारी गराए । दुई देशबीच उर्जा व्यापार सम्झौताका क्षेत्रमा बिगतमा अवरोध उत्पन्न भएकोले त्यसलाई हटाउने विषयमा सहमति भएको र यसका कारण नेपालमा उर्जामा ठूलो लगानी आउने बारेमा आफू विस्वस्त रहेको मन्त्री महतले जानकारी गराए । विद्युतीय ट्रान्समिसन लाइन निर्माण, गौरीफन्टा नाकालाई स्तरोन्नती गरी सहज बनाउन तथा चाँदनी दोधारा नाका सञ्चालनलाई अघि बढाउन, हुलाकी राजमार्गको दोस्रो चरणको कामलाई अघि बढाउने विषयमा नेपालको तर्फबाट प्रस्ताव गरिएको उनले बताए । भ्रमणमा गण्डक सम्झौताबमोजिम नेपालको ४० हजार एकड भूमिमा सिंचाई हुनुपर्नेमा हाल २५ हजार भूमिमा मात्र सिंचाइ पुगेकाले विगतको सम्झौता पूरा गर्ने विषयमा छलफल भएको उनले बताए । यी सबै विषयलाई भारतीय पक्षले गम्भीरता साथ लिएको र सफल कार्यान्वयनका लागि सकारात्मक देखिएको मन्त्री महतले जानकारी दिए ।

nepal firta prakah haran mahat

विशेष