भारतमा भएकाे सडक दुर्घटनामा ७ काे मृत्यु
भदाै - २८ । उत्तरी भारतीय राज्य हर्याणामा मङ्गलबार भएको एक सडक दुर्घटनामा कम्तीमा सात व्यक्तिको मृत्यु भएको छ ।
यस दुर्घटनामा परी सात व्यक्तिको मृत्यु हुनुको साथै अन्य ५० घाइते भएका एक वरिष्ठ प्रहरी अधिकारीले बताएका छन् ।
हर्याणा राज्यको सिर्सा जिल्लाको राष्ट्रिय राजमार्गमा दुई वटा सवारी साधन एकआपसमा ठोक्किँदा सो दुर्घटना भएको हो ।
यस घटनामा परी सात व्यक्तिको दुर्घटना स्थलमा नै मृत्यु भएको र अन्य ५० जना घाइते भएका बताइएको छ ।
दुर्घटनाको कारण अनुसन्धानरत रहेको जनाइएको छ । तर प्रत्यक्षदर्शीका अनुसार दुबै सवारी सधानले उच्चगतिमा रहेको हुनाले सो घटना भएको छ ।
India
road accident