विदेश

अर्मेनियाका प्रधानमन्त्रीमा कारापेटयान नियुक्त

अर्मेनियाका प्रधानमन्त्रीमा कारापेटयान नियुक्त
armenia भदाै - २८  । अर्मेनियामा नयाँ प्रधानमन्त्री नियुक्त भएका छन् । करेन कारापेटयान नयाँ प्रधानमन्त्रीमा नियुक्त भएका छन् । अमेर्नियाको राष्ट्रपति कार्यालयको जनसम्पर्क तथा आमसञ्चार विभागले नयाँ प्रधानमन्त्री नियुक्त भएको मङ्गलबार जानकारी दिएको छ । गत बिहीवार तत्कालिन प्रधानमन्त्री होभिक अब्राहम्यानले राजिनामा दिने घोषणा गरेपछि नयाँ प्रधानमन्त्री चयन गरिएको बताइएको छ । देशको आर्थिक वृद्धि अति विलम्ब गतिमा अगाडि बढी रहेको र हिंसामा द्रुततर वृद्धि भइरहेकाले आफुले पदबाट राजिनामा गर्नुपरेको उनले बताएका थिए । एसियाली विकास बैङ्कको तथ्याङ्कअनुसार, करिब ३० प्रतिशत अर्मेनियाली जनता सरकारले निश्चित गरेको गरिबीको रेखा मुनि रहेका छन् । सन् १९९५ मा सांसदमा निर्वाचित भएपछि प्रधानमन्त्री अब्राहम्यानको केन्द्रीयस्तरको राजनीतिक यात्रा सुरु गरेका थिए । राष्ट्रिय महत्वका बहुसङ्ख्यक उच्च ओहोदा सम्हाल्दै राष्ट्रिय सभाको अध्यक्ष पदको जिम्मेवारीसमेत बहन गरिसकेका अब्राहम्यानले सन् २०१४ को अप्रिलमा प्रधानमन्त्री पदमा नियुक्ति पाएका थिए । रासस÷सिन्ह्वा

armenia priminister

विशेष