News

भारत भ्रमण आर्थिक विषयमा केन्द्रित बनाउन अर्थविद्हरुले सुझाव

भारत भ्रमण आर्थिक विषयमा केन्द्रित बनाउन अर्थविद्हरुले सुझाव
prachanda भदाै - २८  । प्रधानमन्त्री पुष्पकमल दाहाललाई आफ्नो भारत भ्रमण आर्थिक विषयमा केन्द्रित बनाउन अर्थविद्हरुले सुझाव दिएका छन‍् । रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा प्रधानमन्त्री दाहालका आर्थिक सल्लाहकार श्रीराम पौडेलले नेपाल–भारतबीच राजनीतिक–आर्थिक सम्बन्ध गाँसिएकाले राजनीतिक सम्बन्ध सुदृढ भए आर्थिक सम्बन्ध स्वतः सुढृढ हुने बताए । उनले भने, “प्रधानमन्त्रीको यो सद्भाव भ्रमण हो, यसवाट धेरै आशा र अपेक्षा गर्नु राम्रो होइन ।” सल्लाहकार पौडेलले प्रधानमन्त्रीको भ्रमणमा लगानी भित्र्याउनेबारेमा विशेष कुरा हुने विश्वास व्यक्त गरेा छन् । उनले नेपाल–भारत सम्बन्धमा बहुआयामिक पक्ष रहेको उल्लेख गर्दै द्विपक्षीय हितलाई केन्द्रविन्दुमा राखेर सम्बन्ध अघि बढ्नेमा आफू विश्वस्त रहेको बताएका छन् । भारतका लागि नेपालका पूर्वराजदूत डा शङ्कर शर्माले भारत सरकारले सहयोग गरेको परियोजनालाई चाँडो सम्पन्न गरे मात्र नेपालमा थप लगानी भित्रिन सक्ने बताए । उनले भने, “भारतले सहयोग गर्छु भनेको हुलाकी मार्ग, पञ्चेश्वरलगायत आयोजनालाई अगाडि बढाउनेबारेमा छलफल चलाउनुपर्छ ।” अर्थविद् डा विश्वम्भर प्याकुरेलले द्विपक्षीय सम्बन्धलाई आर्थिक विकास साझेदारीमार्फत अघि बढाउनुपर्ने धारणा राखेका छन् । उनले नेपालमा उत्पादित वस्तुलाई निर्यातमा जोड दिएमात्र व्यापार घाटा कम हुने बताए । पराष्ट्रविद् डा निश्चलनाथ पाण्डेले अघिल्लो वर्ष बिग्रिएको नेपाल–भारत सम्बन्ध सुधार गर्ने अवसरका रुपमा प्रधानमन्त्रीको भारत भ्रमण रहेको बताउँदै “भारतले नेपालमा गरेको लगानीलाई बचाएर थप लगानी भित्र्याउनुपर्छ” भनेा छन् । भारतका लागि नेपालका पूर्व राजदुत डा दुर्गेशमान सिंहले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा आर्थिक साझेदारी, व्यापार, ऊर्जालगायत विषयमा जोड दिनुपर्ने बताउँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको भ्रमण गरेसँगै दुई देशबीचको सम्बन्ध राजनीतिक तहबाट अघि बढेको हुँदा यसलाई आधार मानेर फाइदा लिनुपर्ने बिचार व्यक्त गरे ।

pm pushpa kamal dahal prachanda sujhab

विशेष