
भदाै - २८ । नेपाल एस्ट्रोनोमिकल सोसाइटीले ‘तेस्रो राष्ट्रिय एस्ट्रोनोमी ओलिम्पियाड २०१६ नेपाल’ मा यस वर्षको उत्कृष्ट पाँच विद्यार्थी छनोट गरेको छ ।
उत्कृष्ट पाँचमा पर्न सफल विद्यार्थीमा विजय लुईटेल र दिवस सुवेदी (चेल्सी इन्टरनेशनल एकेडेमी नयाँबानेश्वर), नवज केसी (ट्रिनिटी इन्टरनेसनल कलेज, डिल्लीबजार), रोबिन थापा (सेन्ट जेभिएर्स कलेज माइतीघर) तथा तरुण तिमिल्सिना (गण्डकी आवासीय उच्च माध्यामिक विध्यालय पोखरा) छन् ।
गत जेठ २९ गते सञ्चालन गरिएको पहिलो चरणमा सम्मिलित विद्यार्थीमध्ये प्रप्ताङ्क ५५ वा सोभन्दा माथि ल्याउने ३९ विद्यार्थी दोस्रो चरणका लागि छनौट भएका थिए ।
गत असार ९ देखि २१ गतेसम्म सञ्चालित दोस्रो चरण बन्द शिविरबाट छनोट भएका २१ विद्यार्थी अन्तिम चरणका लागि छनोट भएकामा यही भदौ ५ देखि १५ सम्म सञ्चालन गरिएको अन्तिम चरणको बन्द शिबिरबाट अन्तिम पाँचजना छनोट गरिएको सोसाइटीले जनाएको छ ।
‘राष्ट्रिय एस्ट्रोनोमी ओलिम्पियाड एक शैक्षिक प्रतियोगिता हो, जसमा नेपालमा वा विदेशमा रहेका कक्षा १२ सम्म अध्ययनरत वा विश्वविद्यालय कार्यक्रममा भर्ना नभएका २० वर्षमुनिका नेपाली नागरिकले सहभागिताको लागि आवेदन दर्ता गर्न सक्ने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए ।
bidhyarthi purskrit