News

चैनपुर बाढीकाे उच्च जाेखिममा

चैनपुर बाढीकाे उच्च जाेखिममा
rapti nadi भदाै  -२८ । बाउलीगाड खोलामा आएको बाढीले गए राति अस्थायी काठे पुल बगाउँदा बझाङ जिल्लाकाे सदरमुकाम चैनपुरमा छिमेकी गाविसका स्थानीयबासिन्दाको आवतजावत बन्द भएको छ । सदरमुकाम चैनपुर पुग्न छोटो मार्गको रुपमा प्रयोग हुँदै आएको उक्त बाटोमा पर्ने अस्थायी काठे पुलसमेत बगाएपछि आवतजावत बन्द भएको जयपृथ्वी नगरपालिका–३ का भरत खड्काले बताए । गत असार ३१ गते आएको बाढीले बाउलीगाड खोलामा २०४२ सालमा निर्माण गरिएको झोलुङ्गे पुल बगाएपछि अस्थायी काठे पुल बनाइएको थियो । जिल्ला अस्पताल रहेको सिमखेतलगायत सो क्षेत्रका करिब ६५ घर बाढीको उच्च जोखिममा परेका छन् । बाढीले जयपृथ्वी नगरपालिका–१५ का जङ्गबहादुर सिंहको पसलसमेत बगाएको छ । पसल बगाउँदा करिब रु पाँच लाखको धन सम्पत्ति नष्ट भएको उनले बताए । त्यस्तै सदरमुकाम चैनपुरसमेत बाढीको उच्च जोखिममा परेको छ । बाउलीगाड खोलामा रहेको पक्की पुलमा समेत बाढीले क्षति पुर्याएको जिल्ला दैवि प्रकोप उद्धार समितिका अध्यक्ष एवम् प्रजिअ सुनिल खनालले बताएका छन् ।

Bajhang chainpur

विशेष