विदेश

काश्मिर झडपमा मृतक संख्या ७८ पुग्यो

काश्मिर झडपमा मृतक संख्या ७८ पुग्यो
kashmir_jammu_map भदौ – २८ । भारत प्रशासित काश्मिरमा मृत्यु हुनेको संख्या ७८ पुगेको छ ।सुरक्षाकर्मी र आन्दोलनकारी समूहबीच भएको झडपमा परी थप मङ्गलबार दुई जना आन्दोलनकारीकोे मृत्यु भएको प्रहरीले जनाएको छ । यससँगै भारतीय काश्मिर इलाकामा सरकारी सुरक्षाकर्मी र स्थानीयबीच भएको द्वन्द्वका कारण मृत्यु हुनेको संख्या ७८ पुगेको हो । काश्मिरका विभिन्न १० जिल्लाका स्थानीहरु प्रदर्शनमा उत्रेका थिए । स्थानीयले आफ्नो आन्दोलनलाई हिंसात्मक बनाएको भन्दै प्रदेश सरकारले उक्त क्षेत्रमा लामो समयदेखि कफ्र्यु लगाउँदै आएको छ । मङ्गलबार पनि ईदको प्रार्थना सकिएलगत्तै बन्दिपुर क्षेत्रमा सुरक्षार्थ खटिएका प्रहरीमाथि स्थानीयले ढुङ्गामुढा वर्षाएको बताइएको छ । प्रहरीले चलाएको जवाफी कारबाहीमा दुई जना आन्दोलनकारीको मृत्यु भएको प्रहरीले जनाएको छ । मङ्गलबारको कारबाहीमा मुर्ताजा अहमद र सहिद अहमदको मृत्यु भएको प्रहरीले जनाएको भारतीय सञ्चार माध्यम पीटिआईले जनाएको छ ।

jamu kasmir war

विशेष