ताजा खबर News

गायक सुनिल बर्देवाको निधन

गायक सुनिल बर्देवाको निधन

sunil

भदौ २९ । गायक, एरेन्जर तथा गिटारिस्ट सुनिल बर्देवाको ४४ वर्षको उमेरमा निधन भएको छ । शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मंगलबार राति साढे ८ बजे उहाँको निधन भएको हो ।

केही समयदेखि जण्डिसबाट पीडित गायक बर्देवालाई स्वास्थ्य समस्या देखिएपछि आफन्तले मंगलबार बेलुका शिक्षण अस्पताल र्पुयाएका थिए । उहाँ केही समयदेखि काठमाडौंको धुम्बाराहीमा बस्दै आएका उनेको बुधबार अन्त्येष्टि गरिने आफन्तले जनाएका छन् ।  उनको पार्थिव शरीर श्रद्धान्जलिका लागि प्रज्ञा भवन कमलादीमा राखिने छ ।

Sunil Bardeba Death

विशेष