खेल ताजा खबर News

मेस्सीको हृयाट्रिकसंगै बार्सिलोनाको च्याम्पियन्स लिगमा सानदार जित

मेस्सीको हृयाट्रिकसंगै बार्सिलोनाको च्याम्पियन्स लिगमा सानदार जित

cham भदौ २९ । लिओनल मेस्सीले च्याम्पियन्स लिगमा छैटौं हृयाट्रिक संगै गर्दा बार्सिलोनाले सेल्टिकलाई अहिलेसम्मकै ठूलो हार युरोपियन चखाएको छ । मंगलबार राति भएको समूह चरणको आफ्नो पहिलो खेलमा बार्सिलोनाले सेल्टिकलाई ७–० गोलको फराकिलो अन्तरले हराएको हो ।

घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा मेस्सीले तेस्रो मिनेटमा नै गोलको खाता खोले । खेलको २४ औं मिनेटमा नै सेल्टिकले बराबरी गोल गर्ने मौका पाएको थियो । बार्सिलोनाका गोलकिपरले पेनाल्टी एरियामा फल गरेपछि रेफ्रीले सेल्टिकलाई पेनाल्टी दियो । तर, मौउसा डेम्बेले गोल गर्न चुके । उनले दाँया कर्नर च्यापेर हानेको बललाई बार्सिलोनाका गोलकिपर रोकेका थिए । त्यसको तीन मिनेट लगतै मेस्सीले दोस्रो गोल गरे ।

msn

पहिलो हाफमा घरेलु टोली २–० ले अगाडि रहृयो । दोस्रो हाफमा पनि बार्सिलोनाको दबदबा रहृयो भने सेल्टिक खेलमा फर्कनै सकेन । ५० औं मिनेटमा नेयमारले फ्रि किक गोल गरे भने ५९ औं मिनेटमा आन्द्रे इनिष्टाले गोल गरे । त्यसको केही क्षणमा नै मेस्सीले हृयाट्रिक पुरा गरे । त्यसपछि गोल गर्ने पालो लुइस स्वरेज गोल गरे । लिभरपुलले दुई सिजन सँगै विताएका उनले पूर्व प्रशिक्षक ब्रेन्डन रोजर्सको क्लब सेल्टिकविरुद्ध ७५ र ८८ औं मिनेटमा गोल गरे र बार्सिलोनाले ७–० को जित हात पारेको छ ।

विशेष