सुमार्गीको ‘बर्थडे’ मनाउन प्रचण्डका सबै कार्यक्रम रद्द !
भदौ २९ । राजा महाराजाको होइन, अजेयराज सुमार्गीको जन्मदिन पर्नाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि बिहीबार सबै औपचारिक कार्यक्रम रद्द गरिएको छ । यसरी प्रधानमन्त्री निर्वाचति भएको भोलिपल्टै तय भएको कार्यक्रम तीन दिनअघि रद्द हुँदा सबभन्दा बढी क्रुद्ध छन् थाहा नगर उद्योग वाणिज्य संघका पदाधिकारी ।
टिस्टुङ पालुङ दामनलाई समेटेर बनाइएको मकवानपुरको यो ऐतिहासिक तथा पर्यटकीय शहरलाई देशकै मुख्य पर्यटकीय स्थलका रुपमा विकास गर्नुपर्छ भन्दै आयोजकले बोलाउनुअघि नै पुष्पकमलले भनेका रहेछन्, ‘तपाईहरुको साधारणसभामा अरुलाई बोलाएर हुँदैन, मै जानुपर्छ । ’ तर, प्रमले आफै आउँछु भनी दिएको समय सुमार्गीको जन्मोत्सवका कारण रद्द भइएपछि खबर गयो,‘उहाँ व्यस्त हुनुहुन्छ । आउन नपाउने हुनुभयो । हिजो नै महासचिव सुरेन्द्रमान प्रधान प्रचण्ड आउलान् कि भनेर बालुवाटारमा ताकेता गर्दै थिए । तर जवाफ पाए, प्रधानमन्त्रीज्यू भोलि व्यस्त हुनुहुन्छ ।
अब दोहोर्याएर फोन नगर्नूस । ’ यसपट थाहा नगर उद्योग वाणिज्य संघमा रहेका एमाले सम्बद्ध व्यापारीले निर्वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई निम्तो गरे । वैशाखको निर्णयअनुसार संघको साधारणसभाको मिति ३० भदौमा हो । पं्रधानमन्त्री दाहाल भदौ ३० मै भारत उड्दैछन् । –जनआस्था साप्ताहिकबाट