अर्थ ताजा खबर पर्यटन News

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने काम तिब्र, सन् २०२० सम्म सम्पन्न गर्ने लक्ष्य

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने काम तिब्र, सन् २०२० सम्म सम्पन्न गर्ने लक्ष्य

pokhara भदौ २९ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनी चाइना सिएएमसी इन्जिनियरिङ कम्पनीले विमानस्थलको जग्गामा तारवार लगाउन सुरु गरेको छ ।

कम्पनीले २०३२ सालमा अधिग्रहण गरिएको तीन हजार १०६ रोपनी जमीनको तारवार लगाउन बाँकी भाग र पछि थप गरिएएको ६२९ रोपनीको पूरै जग्गामा तारवार लगाउन सुरु गरेको पोखरा अन्तराष्ट्रिय विमानस्थल आयोजनाका सिनियर इन्जिनियर चन्द्रमणि सापकोर्टाले जानकारी दिए ।

यस्तै, कम्पनीले प्राविधिक कर्मचारी, कामदार र सामान राख्ने अस्थायी भवन पनि बनाउन सुरु गरेको र आगामी कात्तिक ४ गतेसम्ममा ती सबै अस्थायी भवन बनाइसक्ने इन्जिनियर सापकोटाले बताए ।

ठेकेदार कम्पनीले विमानस्थल निर्माणको प्रारम्भिक डिजाइन अन्तर्राष्ट्रिय विमानस्थल आयोजनालाई बुझाइसकेको छ । विमानस्थल निर्माणका लागि चाहिने आवश्यक उपकरण कम्पनीको मुख्य कार्यालयबाट लोड गरिसकिएको र अब केही दिनमा निर्माणस्थलमा आइसक्ने बताइएको छ ।

मुलुककै गौरवशाली आयोजनाका रुपमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सन् २०२० जुलाईसम्ममा सक्ने लक्ष्य राखिएको छ ।

International Airport Pokhara International Airport

विशेष