अर्थ ताजा खबर News समाज

प्रधानमन्त्रीद्वारा धुर्मुस सुन्तली फाउण्डेसनलाई एक महिनाको तलब हस्तान्तरण

प्रधानमन्त्रीद्वारा धुर्मुस सुन्तली फाउण्डेसनलाई एक महिनाको तलब हस्तान्तरण

dhurmus-suntali-foundation

भदौ २९ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो एक महिनाको तलब धुर्मुस सुन्तली फाउण्डेसनलाई हस्तान्तरण गरेका छन् ।  बालुवाटारमा प्रधानमन्त्रीको सचिवालयका तर्फबाट प्रकाश दाहालले फाउण्डेसनलाई प्रधानमन्त्रीको तलब ७७ हजार रुपैयाँ धुर्मुस सुन्तली फाउण्डेसनलाई हस्तान्तरण गरेका हुन् ।

यसअघि भदौ पहिलो साता बालुवाटार पुगेका धुमुस–सुन्तलीलाई प्रधानमन्त्री प्रचण्डले आफ्नो एक महिनाको तलब फाउण्डेसनलाई सहयोग गर्ने बचन दिएका थिए । गत वर्ष बैशाख १२ को भूकम्पपछि कलाकार धुर्मुस सुन्तली भूकम्प पीडितका लागि नमुना बस्ती बनाउने काममा जुटेका छन् ।

Dhurmus Suntali Foudation

विशेष