विचित्र विश्व News

२७ वर्षीय श्रीमतीलाई लिलामीमा राखेपछि...

२७ वर्षीय श्रीमतीलाई लिलामीमा राखेपछि...

एजेन्सी । । बेलायतमा एक पुरुषले आफ्नी पत्नी लिलामीमा बिक्री गर्नका लागि विज्ञापन प्रकाशित गरेका छन् । अनलाइन लिलामी साइट ‘इबे’ मा ३३ वर्षीय साइमन ओकेनले पत्नीको लिलाम बिक्रीका लागि विज्ञापन गरेका हुन् ।

वेकफिल्ड, योर्कशायर बस्ने ओकेनले आफ्नी २७ वर्षीया पत्नी लिएन्ड्राको तस्वीर राखेर विज्ञापन दिएका हुन् । उनले पत्नी बिक्री गर्नु पर्नाका कारणसमेत उल्लेख गर्दै खरिदकर्तालाई लिएन्ड्रा खरिद गर्दा हुने नाफा–नोक्सानको लेखाजोखा पनि गरेका छन् । उनले पत्नीको लिलामीका लागि विज्ञापन प्रकाशित गरेको दुई दिनमै ६५ हजार ८८८ पाउण्डसम्मको खरिद प्रस्ताव आएको बताइन्छ ।

लिएन्ड्राले उक्त विज्ञापनबारे थाहा पाएपछि भने झण्डै ओकेनको हत्या गरिनन् । कार्यालयमा जाँदा आफ्ना सहकर्मीबाट सो विज्ञापनबारे थाहा पाएको उनले बताइन् । ‘सबैजना मलाई हेरेर हाँसिरहेका थिए,’ उनले भनिन, ‘ओकेनप्रति मलाई निकै रिस उठिरहेको थियो ।’

उनले विज्ञापनमा आफ्नो सबैभन्दा नराम्रो तस्वीर राखिएको पनि बताइन् । पछि सो विज्ञापन हटाइएको छ । विज्ञापन हटाइएकोमा भने ओकेन निराश भएका छन् । उनी भन्छन, ‘मानिसले कतिसम्म मूल्य तिर्न सक्छन् भन्ने हेर्न चाहन्थेँ म, विज्ञापन प्रकाशित गर्नुको अर्को कुनै उद्देश्य थिएन ।’ 

Wife Lilami

विशेष