ताजा खबर राजनीति News

प्रधानमन्त्रीद्वारा माओवादी केन्द्रका नेताहरुलाई भारत भ्रमणको बारेमा जानकारी

प्रधानमन्त्रीद्वारा माओवादी केन्द्रका नेताहरुलाई भारत भ्रमणको बारेमा जानकारी

pmmm

भदौ २९ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो आसन्न भारत भ्रमणका सम्बन्धमा नेकपा माओवादी केन्द्रका नेताहरूलाई जानकारी गराएका छन् । बुधबार बिहान प्रधानमन्त्रीको नीजि निवास लाजिम्पाटमा सम्पन्न केन्द्रीय कार्यालयको बैठकमा प्रधानमन्त्रीले आफ्नो भारत भ्रमणबारे नेताहरुलाई जानकारी गराएका हुन् ।

प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा कुनै नयाँ सम्झौता नहुने र पुराना सम्झौतालाई कार्यान्वयन गर्ने विषयमा छलफल हुने बताएका छन् । भ्रमणमा विगतमा नेपाल र भारतका बीचमा भएका सहमति, समझदारी कार्यान्वयन गर्ने र तिब्रता दिनेमा केन्द्रित हुनेछ । भ्रमण मूलतः हुलाकी राजमार्ग, पूननिर्माण, विद्युत् व्यापार सम्झौता आदिमा केन्द्रित हुनेछ ।’ प्रवक्ता भुसालका पत्रकारहरुलाई जानकारी दिइन ।

माओवादी केन्द्रका नेताहरुले प्रधानमन्त्रीलाई भारत भ्रमणको शुभकामना दिँदै भ्रमण दुई देशको सम्बन्ध सुदृढ गर्न र नेपाल राष्ट्रिय हितको पक्षमा काम गर्न सफल हुने विश्वास व्यक्त गरेका थिए ।

Puspakamal Dahal

विशेष