विदेश

आइएसले बकरइदको मौकामा हुकमा झुण्ड्याएर मार्यो

आइएसले बकरइदको मौकामा हुकमा झुण्ड्याएर मार्यो
isis-id-celebration-3 भदौ - २८ । एकतर्फ जहाँ पूरा संसार इदको उत्सवमा उत्सव मनाइरहेका छन् भने यता सिरियाबाट एउटा निकै दुःखद समाचार सार्वजनिक भएको छ । उक्त खबरका अनुसार आइएसआइएसले बकरइदको मौकामा केही बन्धकलाई काटिएर जनावरलाई जस्तै हुकमा उल्टो पारेर झुण्ड्याइयो र पछि उनीहरुलाई मारियो । isis-id-celebration-2 आइएसआइएसले उक्त घटनाको भिडियो सार्वजनिक गरेको छ । सो भिडियो उत्तर पूर्वी सिरियाको डेर अज–जोरस्थित एक वधशालामा बनाइएको बताइएको छ । भिडियोमा केही बन्धक देखिन्छन् जसलाई अमेरिकी जासुसको संज्ञा दिइएको छ । ‘द मेकिङ अफ इलुजन’ शीर्षक दिइएको यो भिडियोमा सन् २०१५ मा रिलिज भएको टम क्रुजको फिल्म ‘रोग नेशन’ का केही दृश्य जोडिएका छन् । भिडयोमा ती फिल्मका दृश्य जोडिएको छ जसमा जासूसको गतिविधि औंल्याइएका छन् । आइएसआइएसले यो भिडियोलाई विदेशी गुप्तचर एजेन्सीको खिल्ली उडाउनका लागि बनाएको बताइएको छ । मानवअधिकार संगठन ‘रक्का इज बींग स्लटर्ड साइलेन्टली’ का संस्थापक अबू मोहम्मदले यो भिडियोलाई अहिलेसम्मको सबैभन्दा डरालाग्दो भिडियो बताएका छन् । अबूका अनुसार यो भिडियोमा मानिसहरुलाई भेडाबाख्राजस्तै काटिएको देखाइएको छ । isis-id-celebration-4 भिडियोको एउटा दृश्यमा एक सेतो कपडा लगाएका मानिसले दुईजना बन्धकलाई आफ्नो दुईवटा काँधमा एकएकलाई बोकेर लगेको देख्न सकिन्छ । ती दुईलाई बधशालामा लगेर उनले दुबैको घाँटी रेटेका छन् । isis-id-celebration-1 १२ मिनेट लामो उक्त भिडियोमा बन्धकहरुलाई हुकमा बाँधेर उल्टो पारेर झुण्डाएको देख्न सकिन्छ । ती व्यक्तिहरुको एकएक गरी गला रेटिएको देखाइएको छ ।  

ISIS

विशेष