ताजा खबर राजनीति News

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा भारत भ्रमणबारेमा संसदलाई जानकारी

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा भारत भ्रमणबारेमा संसदलाई जानकारी

puspa-kamal dahal भदौ २९ ,। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो आसन्न भारत भ्रमणबारे व्यवस्थापिका संसदलाई जानकारी गराएका छन् । संसदलाई जाकारी दिदै प्रधानमन्त्री प्रचण्डले भने ‘धेरै विषय उठाउनु भन्दा पनि असल नियतका साथ विश्वास अभिवृद्धि गर्ने र विगतमा भएका सहमति तथा समझदारी कार्यान्वयनमा जोड दिइन्छ ।’

प्रधानमन्त्री प्रचण्ड नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भोलि ३० गते राजकीय भ्रमणमा जादैछन् । प्रधानमन्त्री प्रचण्डले भने तराई मधेसको लाइफलाइन मानिएको हुलाकी मार्ग परेको छ । पहिला नै भएको सहमति अनुसार हुलाकी मार्गको पहिलो खण्ड तत्काल थालनी गर्न भारतलाई आग्रह गरिनेछ भने दोस्रो खण्डमा भारतको सहयोगबारे छलफल हुनेछ ।यस्तै विद्युत व्यापार सम्झौता (पीटीए)को कार्यान्वयन र पञ्चेश्वरको डीपीआर लगायतको काम अघि बढाउनेबारे तथा भूकम्पपछिको पुनर्निर्माणमा भारतीय सहयोगबारे छलफल हुनेछ ।

वीरगञ्जमा एकीकृत चेकपोष्ट निर्माणलाई छिट्टै सम्पन्न गर्ने र भैरहवा, बिराटनगर र नेपालगञ्जमा पनि चेकपोष्ट स्थापनाबारे छलफल हुने प्रधानमन्त्रीले जानकारी गराएका छन् । यसैगरी विगतमा घोषणा भएको सहुलियतपूर्ण ऋणको कार्यान्वयन, व्यापार घाटा कम गर्ने तथा गौरीफन्टा नाकालाई विस्तार गर्ने अर्को एजेण्डा छ ।

यसका साथै सीमापार रेलवेका साथै विशाखापटनम् बन्दरगाहबाट नेपाली सीमासम्म रेल ल्याउनेबारे छलफल गर्ने प्रधानमन्त्री प्रचण्डले संसदलाई जानकारी गराएका थिए ।

Prachanda puspa kamal dahal

विशेष