News

उदयपुर जिल्लालाई १० स्थानीय निकाय बनाउने सहमति

उदयपुर जिल्लालाई  १०  स्थानीय निकाय बनाउने सहमति
udayapur-district भदौ - २९ । राजनीतिक दलबीच विभिन्न बादविवादको बीच पनि अन्तिममा आएर उदयपुर जिल्लालाई १० स्थानीय निकायमा पुनःसंरचना गर्ने सहमति भएको छ । आइतबार तथा सोमबारसम्म पनि जिल्लाका राजनीतिक दल स्थानीय निकाय पुनःसंरचनाको सङ्ख्यामा आ–आफ्नै अडानमा रहेका थिए तर अन्तिममा आएर १० स्थानीय निकाय बनाउने सहमति भएको स्थानीय निकाय पुनःसंरचना समितिका प्राविधिक संयोजक तथा स्थानीय विकास अधिकारी पिताम्बर अधिकारीले बताएका छन् । जिल्लालाई चारवटा नगरपालिका र छवटा गाउँपालिकामा पुनःसंचना गरेर दश स्थानीय निकाय बनाउनको लागि अन्तिम प्रदिवेदन लेखनको तयारी समेत भइरहेको स्थानीय विकास अधिकारीले बताए । यसअघि स्थानीय निकायको पुनःसंरचना गर्ने विषयमा नेकपा ९माओवादी केन्द्रले ११ निकाय, नेकपा (एमाले) ले नौवटा र नेपाली काँग्रेस पनि सातदेखि १० निकाय हुनपर्ने पक्षमा अडान राख्दै आएको थिए । यस्तै साना दलले सातदेखि १३ सम्म निकाय हुनपर्ने अडानमा थिए । अब भने तीनवटा नगरपालिका र ४० गाविस रहेको उदयपुर जिल्लालाई औपचारिक रुपमा दश स्थानीय निकायमा पुनःसंचना गर्न लागिएको पनि समितिका प्राविधिक संयोजक पिताम्बर अधिकारीले जनाएका हुन् ।

Udayapur

विशेष