अर्कोको बुई चढेको तस्बिर बाहिरिएपछि सामाजिक सञ्जालमा हंगामा
एजेन्सी– जापानको एक तुफानग्रस्त इलाकाको भ्रमणमा सरकारी टोलीकासाथ पुगेका मन्त्रीले आफू भन्दा कम उमेरको व्यक्तिकको पिठ्यूमा चढेपछि सामाजिक सञ्जालमा उनको व्यापक आलोचना भएको छ ।
भ्रमणको सिलसिलामा मन्त्री हिलोबाट बच्न पिठ्यूमा चढेका हुन् । टिभीमा प्रसारण भएको उनका तस्विरहरु सामाजिक सञ्जालमा भाइरल हुन थाल्यो । जापानी मन्त्री संशुके मुटाई तुफानबाट ग्रसित भएको शहर इवाइजुमीको अवलोकन गर्न त्यहाँ पुगेका थिए । सोही तुफानका कारण २० जना भन्दा बढीको मृत्यु भएको थियो । अवलोकनका क्रममा अर्काको पिठ्यूँमा चढेकोे फोटो टिभीमा प्रशारण भएपछि मन्त्रीलाई अहिले नैतिक संकट परेको छ ।
मन्त्री संसुेक अरुको पिठ्यूँमा चढेको बेला हाँसिरहेको देखिन्छन् । उनले आफ्नो रबरको जुत्ता लैजान भूलेका थए । हिलोमा टेक्दा फोहोर लाग्ने अवस्था थियो । मन्त्रीलाई बोक्न एक युवक तयार भए । उनी ती युवकको पिठ्यूँमा चढे । त्यो क्रममा खिचिएको फोटोले मन्त्रीको विलासी जीवन संकेत गरेको भन्दै जापानी नागरिकहरु उनीदेखि अप्रशन्न छन् ।
जापानका क्याबिनेटका मुख्य सचिव योशिहिदे सुगाले पनि ती मन्त्रीको असंवेदनशील हरकतको चर्को आलोचना गरेका छन् ।