News स्वास्थ्य

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक सदनमा पेस गर्दे संसद बैठक आगमी असोज ९ गते सम्म स्थगित

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक सदनमा पेस गर्दे संसद बैठक आगमी असोज ९ गते सम्म स्थगित

भदौ २९ । व्यवस्थापिका–संसद्को आजको बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७३ पेस भएको छ । शिक्षामन्त्री धनिराम पौडेलले सदनमा उक्त विधेयक प्रस्तुत गरेका हुन् ।यसअघि राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७३ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवाल, डिल्लीप्रसाद काफ्ले र अनुराधा थापामगरले प्रस्तुत गरेको विरोधको सूचनालाई बैठकले अस्वीकृत गरेको थियो ।

त्यस्तै, बैठकमा सहकारी तथा गरिबी निवारणमन्त्री हृदयराम थानीले सहकारी विधेयक २०७३ प्रस्तुत गरे। व्यवस्थापिका–संसद्को अर्को बैठक आगामी असोज ९ गते दिउँसो १ बजे बस्नेछ ।

Samsad Biathak

विशेष