News

'बालबालिका मुलुकको भविष्यका आधार' – राष्ट्रपति भण्डारी

'बालबालिका मुलुकको भविष्यका आधार' – राष्ट्रपति भण्डारी
Krishna-mandir-bidhyadevi13 भदाै  -२९  । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको भविष्यका आधार आजका बालबालिका भएकाले उनीहरुलाई शिक्षा लिने उपयुक्त वातावरणको व्यवस्था गर्नुपर्ने बताएकी छिन् । महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय र केन्द्रीय बालकल्याण समितिले राष्ट्रिय बालदिवस– २०७३ को अवसरमा बुधबार आयोजना गरेको कार्यक्रममा उनले बालबालिकाको शिक्षा र स्वास्थ्यका लागि उपयुक्त पारिवारिक वातावरणमा सबैले ध्यान दिनुपर्नेमा जोड दिइन् । राष्ट्रपति भण्डारीले भनिन्,“ शिक्षा र स्वास्थ्यमा लगानी बढाउनुपर्छ, उनीहरुको शारीरिक र मानसिक विकास गरी बाल बचाउ प्रवद्र्धन कार्यक्रममा सबैले ध्यान दिन जरुरी छ ।” बालबालिकालाई शिक्षा र स्वास्थ्यमा सहज पहुँच सुनिश्चित गरी उनीहरुलाई बहुआयामिक प्रभिताका धनी बनाउन गर्भअवस्थादेखि नै सुनौला हजार दिनलाई सबैले बिशेष ध्यान दिनुपर्ने आवश्यकता औल्याएकी छिन् । बाल अधिकारका क्षेत्रमा विगतमा भएका कमीकमजोरीबाट पाठ सिक्दै अघि बढनुपर्ने बताउँदै उनले संविधानमा बालअधिकारलाई मौलिकहकको रुपमा राखिएको व्यवस्थालाई कार्यान्वयनमा सबैले ध्यान दिनुपर्नेमा जोड दिएकी हुन्। युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपाईलीले बालबालिकाको शिक्षा, स्वास्थ्य र समग्र विकासका लागि सरकारको ध्यान केन्द्रित भएको उल्लेखगर्दै उनीहरुको समस्या समाधानमा सरकारले ध्यान दिने बताएका छन् । महिला, बालबालिका, समाज कल्याण तथा ज्येष्ठ नागरिक समितिका सभापति रञ्जु ठाकुरले अनुशासनका नाममा अहिले पनि दण्ड सजाय, बेचविखन भइरहेकाले यसलाई रोक्नुपर्नेमा जोड दिइन् । केन्द्रीय बालकल्याण समितिका अध्यक्ष दिल्लीराम गिरीले बालबालिका संरक्षण र प्रवद्र्धनमा समितिले काम गर्दै आएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेका छन् । नेपालको संविधानमा बाल अधिकारलाई मौलिक हकका रुपमा राखेको छ । नेपालले सन् १९९० सेप्टेम्बर १४ अर्थात भदौ २९, २०४७ सालदेखि प्रत्येक वर्ष बाल दिवस मनाउने गरेको छ ।

Bal Diwas bidhya bhandari

विशेष