मन्त्रीमाथि जुत्ता प्रहार
भदाै -२९ । कांग्रेस विधायकले भारतको पञ्जाव प्रान्तको विधानसभामा त्यहाँका राजस्वमन्त्रीमाथि जुत्ता हानेका छन् । बुधवार बसेको बैठकक राजस्व मन्त्री बिक्रम सिंह मजीठियामाथि कांग्रेसका एक सांसद्ले जुत्ता हानेका हुन् ।
कांग्रेसका विधायक तरलोचन सुन्धले बुधवार पञ्जाब विधानसभाको बैठकका क्रममा राजस्व मन्त्री बिक्रम सिंह मजीठियामाथि जुत्ता हानेपछि हङ्गामा भएको छ ।
कांग्रेसका विधायक बादल सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न माग गरिरहेका थिए । आफूहरुको मागबारे सभामुखले मञ्जुरी नदिएपछि कांग्रेस विधायकले विपधानसभा परिसरमै रात बिताए ।
मुख्यमन्त्री प्रकाश सिंह बादल यी विधायकको प्रदर्शन टुंग्याउनका लागि मंगलवार विधानसभा गएका थिए । तर प्रदर्शन गरिरहेका विधायकले उनको कुरै सुन्न मानेनन् ।
अविश्वास प्रस्तावमाथि छलफलको अनुमति नदएपछि कांग्रेसका २६ विधायक प्रदर्शन गरिरहेका छन् । यस प्रस्तावलाई दुई दिनअघि संसद् बैठकले ध्वनीमतका आधारमा अस्वीकार गरेको थियो ।
कांग्रेस विधायक तरलोचन सिंह सन्धुले आफूले जुत्ताले मन्त्रीलाई हानेको स्वीकार गरेका छन् । उनले जु्त्ता मजीठियातर्फ नफ्याकेको जनाउँदै शिरोमणि अकाली दलका विधायक विरसा सिंह वल्टोहातर्फ फ्याकेको बताएका छन् । उनले आफूलाई वल्टोहाले गाली गरेपछि जुत्ता हानेको बताएका छन्
samsad bata biodheyak parit