News

लागुऔषधसहित २ पक्राउ

लागुऔषधसहित २ पक्राउ
hatkadi भदाै - २९ । प्रहरीले ठूलो परिमाणको लागुऔषधसहित दुई जनालाई झापाको बुट्टावारीबाट मङ्गलबार राति पक्राउ गरेको छ । पक्राउ पर्नेमा भुटानी शरणार्थी शिविर बेलडाँगीका २४ वर्षीय सुवास क्षेत्री र सोही ठाउँका २० वर्षीय संजोग गुरुङ रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । उनीहरुलाई विशेष सुराकीको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट एक हजार ९८० पिस नाइट्रोजन बरामद गरिएको प्रहरी निरीक्षक मधुकुमार थापाले जानकारी दिएका छन् । पक्राउ परेका क्षेत्री र गुरुङ लागुऔषध ओसारपसार गर्ने मुख्य कारोवारी रहेको प्रहरीले जनाएको छ ।

Jhapa laguausad Pakrau

विशेष