विदेश

९९ वर्षीय वृद्धकाे सम्बन्ध विच्छेद

९९ वर्षीय वृद्धकाे सम्बन्ध विच्छेद
Divorce भदाै - २९ ।  इटलीमा एउटा पत्रको कारण एक ९९ वर्षीय वृद्धले आफ्नी पत्नीसँग सम्बन्धविच्छेद गर्ने भएका छन् । यि वृद्धको नाम एन्तोनियो सी. सार्डिनियाका हो, भने उनकी पत्नीको नाम रोजा सी. रहेको छ । यि वृद्ध पुरुषले सन् १९३० को दशकमा सैनिक अधिकृत भएर नेपल्स जाँदा उनको भेट रोजा सी. सँग भएको थियो । उनीहरुले लगत्तै विवाह गरेका थिए । उनीहरुको पाँच सन्तान छन् भने एक दर्जन नातिनातिना तथा पनाति समेत रहेका छन् । तर हालै पुरानो दराजबाट एउटा प्रेमपत्र ति वृद्धा पुरुषले फेला पारेका छन् । जुन पत्र उनकी श्रीमतीले सन् १९४० को दशकमा कसैलाई लेखेकी थिइन् । यसै पत्रका कारण उनीहरुको ६० वर्षको वैवाहिक सम्बन्ध क्षणभरमा नै एउटा पत्रले अन्त्य गराउने भएको छ । यदि अदालनले उनीहरुको मुद्धामा सम्बन्धविच्छेद गराएमा ति दुई संसारको सबैभन्दा बूढो जोडी बन्नेछन् । यिनीहरुको नाम गिनिज बुकमा लेखिने छ । - एजेन्सी

divorce Japan old man

विशेष