News

फ्लोरिकल्चर एशोसिएसनको अध्यक्षमा कुमार कसजु निवार्चित

फ्लोरिकल्चर एशोसिएसनको अध्यक्षमा कुमार कसजु निवार्चित
भदौ २९ । फ्लोरिकल्चर एशोसिएसन नेपाल(फ्यान)को अध्यक्षमा कुमार कसजु श्रेष्ठ निवार्चित भएका छन् । २४ औं साधारण सभामा भएको निर्वाचनमा कसजुले संजीव कार्कीलाई ४ मतले पराजित गर्दै अध्यक्ष निर्वाचित भएका हुन् । उनी पूर्वउपाध्यक्ष समेत रहेका थिए । उपाध्यक्ष र सचीव पदमा भने निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै वरिष्ठ उपाध्यक्षमा दीलिप बादे, उपाध्यक्षमा रामजी तिमिल्सेना र सचिवमा विश्वमणि पोखरेल विजयी भएका छन् । kumar-kasaju कार्यक्रमको उद्घाटन सत्रमा प्रमुख अतिथि तथा कृषि विकास मन्त्री गौरीशंकर चौधरीले दुई महिना भित्रै किसान आयोग गठन गर्ने घोषणा गरेका थिए । उनले कृषि क्षेत्रको विकासका लागि किसान आयोग गठन गर्न लागेको बताएका हुन् । लामो समय फ्लोरिकल्चर एशोसिएसनमा उपाध्यक्ष तथा मेला संयोजक बनेर काम गरेका कसजुले काठमाडौं नर्सरी मार्फत आफ्नो व्यवसायलाई उत्तिकै रुपमा सफल बनाएका छन् । आन्तरिक कारण देखाएर निवर्तमान अध्यक्ष लोकनाथ गैरेले अध्यक्ष पदबाट राजीनामा दिएपछि फ्यानले लामो समय नेतृत्व पाउन सकेको थिएन । फ्यानको अध्यक्ष निर्वाचित भएपछि कसजुले पुष्प व्यवसायको विकास विस्तार तथा व्यवसायीको हकहितका पक्षमा उल्लेख्य काम गर्नेछु देखाउने बताए । उनले फूलको आयात घटाउँदै आत्मनिर्भरताको बाटोमा अघि बढाउनु आफ्नो मूल कार्यभार भएको समेत बताएका थिए ।

florida association nepal kumar kasaju

विशेष