सेयर बजार ३ं.५२ अंकले घट्यो

भदौ – २९ । बुधबार सेयर बजार ३.५२ अंकले घटेको छ भने कारोबार रकम वढेको छ । कारोबार रकम भने एक अर्ब ३७ करोड रुपैयाँ नाघेको छ । दिनभरीमा १४७ कम्पनीका १६ लाख ६४ हजार १८३ कित्ता सेयर किनबेच भएका छन् ।
बुधबार बिमा ९० अंकले उक्लिए छ । होटल साढे ४० र उत्पादनमूलक साढे सात अंकले माथि चढेका छन् ।होटल, बिमा र उत्पादनमूलक क्षेत्रले बजारलाई उकास्न खोजे पनि नेपाल टेलिकम सुचिकृत अन्य र बैंकिङ समूह झर्दा बजार ओर्लिएको हो ।
बजारमा सबैभन्दा वढि कारोबार मुक्तिनाथ विकास बैकको भएको छ । बैंकको १२ करोड ६३ लाख रुपैयाँको किनबेच भएको छ । एनआइसी एसियाका सात करोड २५ लाख, सनराइज बैंक ६ करोड ९० लाख, नबिल बैंक ६ करोड १२ लाख र प्रभु इन्स्योरेन्स ६ करोड ११ लाख रुपैयाँको किनबेच भएको छ ।
share bajar
