News

गङ्गामाया अधिकारीले अनशन तोडिन्

गङ्गामाया अधिकारीले अनशन तोडिन्
ganga-maya-adhakari copy भदाै - २९ । विगत केही दिनदेखि आमरण अनशनमा रहेकी गङ्गामाया अधिकारीले अनशन तोडेकी छिन् । एक महिनादेखि औषधि र स्लाइन समेत नलिइकन वीर अस्पतालमा नै आमरण अनशन सुरु गरेकी गङ्गामायाले बुधबारबाट अनशन तोडेकी छिन् । विस २०६१ मा मारिएका आफ्ना छोरा कृष्णप्रसादको हत्यारालाई कारबाहीको माग गर्दै निरन्तर ६ वर्षदेखि अनशनरत गङ्गामायाले अदालतको बयानका लागि अनशन तोडेकी हुन् । गंगामायाका तर्फबाट उक्त मुद्दा हेर्दै आएका कानुन व्यवसायी तथा मानवअधिकारकर्मी इन्द्र अर्यालका अनुसार यही असोज २ गते चितवन जिल्ला अदालतबाट त्यहाँका प्रशासनिक प्रमुख आफैँ गङ्गामायाको बयान लिन आउने भएपछि आफूहरुको आग्रहमा उनले अनशन तोडेकी हुन् । उनले भने–‘बयान दिनकै लागि भए पनि बोल्नसक्ने अवस्थामा हुनुपर्ने भएकाले हामीले सास रहे न्याय पाइन्छ भनेर नै उहाँलाई अनशन तोड्न लगाएका हौँ ।’ विसं २०७२ पुस ६ गते सर्वोच्च अदालतले आरोपीमध्येका एक छविलाल पौडेललाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिए पनि सो आदेश कार्यान्वयन भएको थिएन । मानवअधिकारकर्मीको निरन्तर दबाबमूलक कार्यक्रमपछि चितवन अदालतका प्रशासनिक प्रमुख आफैँ काठमाडौँ आएर गङ्गामायाको बयान लिन लागेको हो ।

ansan todin Ganga Maya Adhikari

विशेष