विदेश

ब्राजिलद्वारा निजिकरणसम्बन्धी प्रमुख कार्यक्रम घोषणा

ब्राजिलद्वारा निजिकरणसम्बन्धी प्रमुख कार्यक्रम घोषणा
brasil भदाै - २९ । ब्राजिल सरकारले छुट सुविधा र निजीकरणसम्वन्धी ठुला प्याकेज घोषणा गरेको छ । मङ्गलबार घोषणा गरिएका ३२ ओटा महत्वपूर्ण प्याकजेमा विमानस्थल, अन्तरप्रदेशीय राजमार्ग, बन्दरगाहा, खानेपानी र विजुली तथा पेट्रोलियम पदार्थसम्वन्धी कार्यक्रम समेटिएका छन् । घोषणा गरिएका उक्त कार्यक्रममार्फत् २४ अर्ब ब्राजिलियन रियाल बढाउने ब्राजिल सरकारको लक्ष्य छ । खनिज तथा ऊर्जामन्त्री फेर्नान्डो कोएलहो फिल्होको तीनवटा जलविद्युत परियोजना निर्माण गराइने र ११ अर्ब रियाल आर्थिक वृद्धि गराउने प्रतिबद्धता जनाएका छन् । गत अगस्टमा ब्राजिलको राष्ट्रपतिमा मिचेल टेमर सत्तामा आएपछि पहिलो पटक निजिकरण र छुटसम्वन्धी प्याकेज घोषणा गरिएको हो । नयाँ प्याकेजले ब्राजिललाई आर्थिक सम्बृद्धिको बाटोमा लैजाने सरकारले विश्वास लिएको छ । देशको राजनीतिक सङ्कटका कारण एक वर्षदेखि मुलुकको आर्थिक अवस्था सन्तोषजनक छैन ।

brasil

विशेष