विदेश

बोको हरामद्वारा ७ नाइजर सैनिकको हत्या

बोको हरामद्वारा ७ नाइजर सैनिकको हत्या
bokoharam भदाै - २९ । नाइजरमा बोको हराम इस्लामिस्ट समूहले गतहप्तादेखि दुई छुट्टाछुट्टै इलामामा गरेको आक्रमणमा कम्तीमा सात नाइजर सैनिकको मृत्यु हुनुको साथै अन्य आठ जना घाइते भएका सैनिक स्रोतले जानकारी दिएको छ । दक्षिणपश्चिमी दिफ्फा क्षेत्रमा पर्ने नाइजेरियाको सीमानजिकै रहेको इलाकामा सो आक्रमण सेनाद्वारा मङ्गलबार अवेर राति प्रकाशित विज्ञप्तिमा जनाइएको छ । गत सोमबार बिहान भएको एक एबुम्स आक्रमणमा पाँच सैनिक मारिनुको साथै अन्य छ घाइते भएका बताइएको छ । त्यसैगरी गत सेप्टेम्बर ८ मा गस्तीमा रहेका सैनिकको सवारी साधनमा गरेको आक्रमणमा कम्तीमा दुई सैनिक मारिनुको साथै अन्य दुई घाइते भएका जारी सो विज्ञप्तिमा जनाइएको छ । यसै महिनाको सुरुमा सोही इलाकमा नाइजेरियासँग आवद्ध जिहादी समूहले गरेका अर्को एक आक्रमणमा पाँच गाउँलेको मृत्यु हुनुको साथै अन्य दुई घाइते भएका थिए । बोको हराम आतङ्ककारी समूहले गत सातवर्ष यता गरेको हिंसा हत्यामा नाइजेरिया र सीमा क्षेत्रमा पर्ने छिमेकी मुलुक नाइजर, चाद र क्यामेरुनमा कम्तीमा २० हजार व्यक्तिको मृत्यु भइसकेको छ । बोको हराम आतङ्ककारी समूहद्वारा जारी यस हत्या, हिंसामा २६ लाखभन्दा बढी व्यक्ति विस्थापित भएका छन् ।

bokoharam

विशेष