
भदाै - २९ । कञ्चनपुरको भीमदत्तनगरमा बिनादर्ता स्वास्थ्य संस्थाहरू सञ्चालनमा रहेको अनुगमनका क्रममा भेटिएको छ ।
बुधबार औषधि व्यवस्था विभाग नेपालगञ्जको टोलीले कञ्चनपुरको भीमदत्तनगरमा रहेको औषधि पसल, मेडिकल हल, क्लिनिकहरूमा अनुगमन गर्दा कानुनी प्रक्रिया नपुर्याई सञ्चालन गरिएको भेटिएको हो ।
टोलीलेअस्पताल लाइनमा रहेको हिमाल डेन्टल हस्पिटल र महादेव मेडिक्लिनिक बिनादर्ता सञ्चालनमा रहेको भेट्टाएको थियो । आठवटा मेडिकल तथा क्लिनिकमा अनुगमन गर्दा प्रायः धेरैमा कागजी प्रक्रिया पूरा नगरेको भेटिएको टोलीले जनाएको छ ।
कागजी प्रक्रिया नपुगेका मेडिकल तथा क्लिनिक सञ्चालकलाई १५ दिनभित्र प्रक्रिया पूरा गर्न समेत टोलीले निर्देशन दिएको छ । बजारमा अनुगमन भइरहेको सुइँको पाएपछि यहाँका केही मेडिकल क्लिनिक सञ्चालक मेडिकल नै बन्द गरेर गएको भेटिएको थियो ।
अनुगमनमा विभागका फार्मेसी निरीक्षक पुष्पराना क्षेत्री, जिल्ला प्रशासन कार्यालय कञ्चनपुर, जिल्ला जनस्वास्थ्य कार्यालय, घरेलु तथा साना उद्योग कार्यालयका प्रतिनिधिका साथै प्रहरीको सहभागिता रहेको थियो ।
darta binaka
Kanchanpur
Medical