विदेश

बंगलादेशमा रगतको नदी जस्तै दृश्य देखिएपछि....

बंगलादेशमा रगतको नदी जस्तै दृश्य देखिएपछि....
भदौ–२९ । संसार भरका मुसलमानहरुले बकर ईद मनाइरहेका थिए त्यसबेला बंगलादेशको राजधानी ढाकाको गल्लीहरुमा पानी परेर जमेको पानीमा रगत मिसिएको थियो । dhakabloodriver3 पर्वको अवसर पारेर बली चढाएको जनावरहरुको रगत नालीमा जम्मा भएको थियो । त्यही रगत वर्षाको कारण पानीमा मिसिएर ढाकाको केही ठाउँहरुमा रगतको नदी जस्तै दृश्य देखियो । बीबीसीका अनुसार घुँडासम्म आइपुगेका पानीमा बली चढाइएका जनावरको रगत अण्डरग्राउण्ड पार्किङ तथा भवनहरुको तल जमिरहेको छ । ढाकाका कैयौँ स्थानहरुमा रगत मिसिएका पानीले स्थानीयलाई भयावह दृश्यको सामना गर्नुपरेको छ तर त्यहाँका केही ब्यक्तिलाई भने यो दृश्य कुनै आश्चर्यको विषय बन्दैन । dhakabloodriver2 यस समस्यामा स्थानीयहरु सम्बन्धित अधिकारीहरुलाई दोषी मान्छन् । अधिकारका अनुसार बलीको लागि ठाउँ पनि तोकिएको छ । स्थानीयलाई तोकिएको ठाउँमा मात्र बलीदान गर्नु पर्ने हो तर प्रशासनले यस ठाउँको राम्रोसँग प्रचारित नगरेको कारण लागू हुन सकेको छैन । सामाजिक सञ्जालमा यस्ता तस्बिरहरु सेयर भए पश्चात कैयौँले यस प्रथामा आलोचना समेत गरेका छन् । केही समर्थकले किसानहरुलाई रोजगार मिल्छ भन्ने विश्वासमा पनि गरेका छन् । समर्थकका अनुसार बलि दिए पछिको मासु बाढ्दा गरिबलाई पनि यसको हिस्सा मिल्ने गर्छ ।

blood in dhaka Dhaka

विशेष