खेल ताजा खबर News

च्याम्पियन्स लिगमा रियल मड्रिडको सनसनिपूर्ण जित

च्याम्पियन्स लिगमा रियल मड्रिडको सनसनिपूर्ण जित

real भदौ ३० । च्याम्पियन्स लिग फुटबलमा स्पेनी क्लव रियल मड्रिडले सनसनीपूर्ण जित हासिल गरेको छ । अन्तिम दुई मिनेटमा दुई गोल भएपछि ११ पटकको च्याम्पियन रियलले घरेलु मैदानमा सनसनीपूर्ण जित निकालेको हो । अधिकांश समय निरस प्रदर्शन गरेको रियलले पोर्चुगिच क्लव स्पोर्टिङ लिस्बनमाथि स्मरणीय प्रदर्शन गरेको हो ।

खेलको ४८ औं मिनेटमा बु्रनोको गोलबाट स्पोर्टिङले अग्रता लियो । तर रियलका लागि ३५० औं खेल खेलेका क्रिष्टियानो रोनाल्डोले ८९ औं मिनेटमा पाएको फ्रिकिकलाई गोलमा परिणत गर्दै बराबरी गरे । त्यसपछि इन्जुरी समयमा अतिरिक्त खेलाडी अल्भारो मोराटाले हेड गोल गर्दै रियललाई जिताए ।

football

विशेष