ताजा खबर News

सर्वोच्चलाई सरकारको जवाफः लोकमानको फाइल भूकम्पमा गायब

सर्वोच्चलाई सरकारको जवाफः लोकमानको फाइल भूकम्पमा गायब
lokman_singh_karki_on_Europe_tour3430 भदौ ३० । मन्त्रिपरिषद र सामान्य प्रशासन मन्त्रालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीको नियुक्तिसँग सम्बन्धि निर्णयको फाइल भूकम्पका कारण फेला पार्न नसकिएको जवाफ सर्वोच्च अदालतमा पठाएका छन् । कार्कीको नियुक्तिबारे अधिवक्ता ओमप्रकाश अर्यालले दिएको पुनरावलोकन जवाफ दिँदै मन्त्रिपरिषद र सामान्य प्रशासन मन्त्रालयले उक्त प्रतिक्रिया दिएको हो । निवेदन अर्यालले भदौ २१ मा सर्वोच्चलाई यस्तो व्यहोराको जवाफ प्राप्त भएको जानकारी दिएको आजको अन्नपूर्णमा समाचार छ । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त लोकमानलाई नियुक्त गर्ने निर्णयको सक्कल कागज र २०६३ सालमा कार्कीलाई सोधिएको स्पष्टीकरण पत्र पेस गर्न आदेश दिएको थियो ।

lokman singh karki

विशेष