ताजा खबर News समाज

इन्द्रजात्राको रथ बनाउनेको तलब १ रुपैयाँ !

इन्द्रजात्राको रथ बनाउनेको तलब १ रुपैयाँ !
jatra भदौ ३० । इन्द्रजात्राका लागि गुठी संस्थानले १५ लाख रुपियाँ विनियोजन गरेको छ तर जात्रामा श्रीकुमारी, श्रीगणेश र श्रीभैरवको रथ बनाउने परम्पराका नकर्मीले बुधबार एक रुपियाँ तलब बुझेका छन् । उनीहरूका लागि तलब पाउने व्यवस्था गरिए पनि जिजुबाजेका पालादेखि नबढाइएकाले अहिले सुन्दा अनौठो र हाँसो उठ्ने अवस्था छ । काठमाडौँ ज्यावहाल वडा नं. २१ का चार नकर्मीले जनही एक पैसा तलब बुझ्दै आएकोमा एक पैसा चलन चल्तीमा नभएको भन्दै एक रुपियाँलाई चार भाग लगाउने गरी तलब दिइयो । गुठी संस्थानले दिएको यो एक रुपियाँ एक पैसाका दरले भाग लगाउनै नमिल्ने भएपछि इन्द्रजात्राको सम्झना भन्दै उनीहरूले दिइएको रुपियाँलाई खुत्रुकेमा राखे । गुठी संस्थानका रकमी दर्जाका यी चार जनामा ज्ञानेन्द्र, सुवर्णलाल, जितनारायण र दीवेस नकर्मी छन् । जिजुबाजे चन्द्रलाल नकर्मीका पालादेखि कायम रहेको यो तलब अहिले पनि त्यत्तिकै रहेको छ । रकमी ज्ञानेन्द्र नकर्मी भन्छन्– गुठी संस्थानले पहिला चार पैसा चार जनालाई भाग लगाउँदा एक सुकाको ढ्याक दिन्थ्यो, एक सुकाको ढ्याक चलनचल्तीमा नभएपछि एक रुपियाँको ढ्याक दिन थाल्यो, यो ढ्याक भाग लगाउन नै नमिल्ने भएपछि जात्राको स्मृतिमा खुत्रुकेमा खसाउन थालिएको छ । यो मात्र होइन इन्द्रजात्रामा आएका ज्यापू समुदाय सबैलाई जाँड ख्वाउने जिम्मा धनभाजु महर्जनले लिएका छन्। उनले चार पाथी जाँड बन्दोबस्त गरेका छन्। जात्राको माहौलमा यति जाँड कुल्ला गर्न पनि पुग्दैन, जात्रामा आउनेले आफ्नै बन्दोबस्तमा जाँडको व्यवस्था गर्ने गरेका छन ्। गोरखापत्रबाट

indra jatra

विशेष