अपराध सुरक्षा ताजा खबर News

हत्यारा शसस्त्र प्रहरीकै फलोअर्स

हत्यारा शसस्त्र प्रहरीकै फलोअर्स

apf police भदौ ३० । हत्याको अभियोगमा नेपाल प्रहरीको खोजी सूचीमा रहेका अभियुक्त सशस्त्र प्रहरीका फलोअर्सका रूपमा भर्ना भएको खुलेको छ । रोशनकुमार लामाको हत्या अभियोगमा फरार रहेका श्रीवीर लामा घटनाको ५ वर्षपछि सशस्त्र प्रहरीमा फलोअर्सका रूपमा भर्ना भएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले खुलाएको हो ।

२०६० मा बौद्धमा भएको झगडामा श्रीवीरसहित देवराज लामा र राकेश लामासहितको समूहले व्यक्तिगत रिसइबीमा रोशनकुमार आले मगरलाई धारिलो हतियारले हानेर घाइते बनाएका थिए। उपचारका क्रममा रोशनको मृत्यु भएपछि प्रहरीले पीडित परिवारको जाहेरी लिएर श्रीवीरसहितलाई अभियुक्त बनाए पनि उनीहरू फरार थिए ।

१३ वर्षपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले श्रीवीरसहित तीन जनालाई पक्राउ गरेपछि श्रीवीर प्रहरीको वान्टेड सूचीमै रहेका बेला सशस्त्र प्रहरीमा भर्ना भएको खुलेको हो

ब्युरोका डीआईजी नवराज सिलवालले यस विषयमा थप जानकारीका लागि सशस्त्रमा पत्राचारको तयारी गरिएको जानकारी दिए । अनुसन्धानअनुसार श्रीवीर हत्या गरी फरार भएपछि भारतको बैंग्लोर पुगेर पढेका उनी २०६३ ताका नेपाल फर्किएका थिए । उनी २ वर्षपछि सशस्त्रमा फलोअर्समा भर्ना भएर २०६८ ताका छाडेकाअनुसन्धानमा खुलेको सीआईबीले जनाएको छ । श्रीवीर सशस्त्र प्रहरीका पूर्वआईजीपी किशोरकुमार लामाका आफन्त हुन् ।

APF Police

विशेष