अपराध सुरक्षा ताजा खबर News स्वास्थ्य

नागरिक अस्पतालले २ लाख क्षतिपूर्ति तिरेपछि आफन्तले शब बुझे

नागरिक अस्पतालले २ लाख क्षतिपूर्ति तिरेपछि आफन्तले शब बुझे

nagarik

भदौ ३० । भक्तपुरको गठ्ठाघरस्थित नागरिक कम्युनिटी टिचिङ अस्पतालले उपचारका क्रममा मृत्यु भएकी मीना विश्वकर्माको परिवारलाई क्षतिपूर्ति दिने सहमति गरेपछि दिनभर तनावग्रस्त रहेको अस्पताल साँझबाट शान्त भएको छ।

मङ्गलबार दिउँसो सामान्य पेट दुखेर उपचार गराउन आएकी सिन्धुली कमलामाई घर भई हाल लोकन्थली बस्ने २१ वर्षीया मीनाको राति मृत्यु भएपछि मृतकका आफन्तले बुधबार दिनभर डाक्टर र अस्पताल सञ्चालकलाई कारबाहीको माग गर्दै अस्पताल घेराउ गरेका थिए।

अस्पतालमा मृतकका श्रीमान केशव बराइलीसहितका आफन्त र अस्पताल व्यवस्थापनबीच भएको छलफलबाट दुई लाख रुपैयाँ क्षतिपूर्ति दिने र अस्पतालमा लागेको उपचार खर्च मिनाहा गर्ने सहमति भएको हो। सहमतिपछि पीडित पक्षले आन्दोलन फिर्ता लिएर शव बुझेको महानगरीय प्रहरी वृत्त ठिमीका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलीयाले जानकारी दिए।

सामान्य पेट दुखेर उपचारका लागि ल्याएको श्रीमतीको समयमै उपचार नगरी पाँच घन्टासम्म नदुख्ने औषधि तेब्बर डोज दिएर डाक्टर आउँदैछन् भनेर रोकेर बिरामीलाई अन्य अस्पतालमा समेत लान नदिँदा श्रीमतीको मृत्यु भएको मृतकका आफन्तको आरोप थियो।

Nagrik Hospital

विशेष