ताजा खबर News स्वास्थ्य

डा. सन्दुक रुइतलाई ‘एसिया गेम चेन्जर्स’ अवार्ड

डा. सन्दुक रुइतलाई ‘एसिया गेम चेन्जर्स’ अवार्ड
sundurk भदौ ३० । । नेपालका चर्चित आँखा सर्जन डा. सन्दुक रुइतले प्रतिष्ठित अन्तराष्ट्रिय अवार्ड जितेका छन् ।अमेरिकाको गैरनाफामुुलक संस्था एसिया सोसाइटीले रुइतलाई २०१६ ‘एसिया गेम चेन्जर्स’ अवार्ड दिने निर्णय गरेको हो । एसिया सोसाइटीले यो वर्ष ६० औं बर्षगाँठ मनाउँदैछ र यो अवार्ड रुइतसहित ८ जनालाई २०१६ एसिया गेम चेन्जर अवार्डबाट सम्मान गर्दैछ । अवार्ड समारोह अक्टोबर २७ मा न्यूयोर्कमा हुनेछ । रुइतले एक लाख भन्दा धेरै आँखा बचाएको र धेरैलाई नयाँ जीवन दिएकाले यो अवार्ड प्रदान गर्न लागिएको बताइएको छ ।

Dr Ruit

विशेष