विचित्र विश्व News

आकाशबाट माछा बर्षिय पछि....

आकाशबाट माछा बर्षिय पछि....

fish

भदौ ३० । अमेरिकाको फिलाडेल्फियामा आकाशबाट वर्षिएको माछाले लाग्दा एक युवती घाइते भएकी छिन् । आकाशबाट झरेको माछाले नाकमा लाग्दा लिजा लोब्री सामान्य घाइते भएकी हुन् । उनी विशेष कामले फिलाडेल्फियास्थित म्युजियम अफ आर्टसमा जादै गर्दा अकस्मात उनको नाकमा कुनै वस्तु झर्याे र उनी हुरुक्क भइन् । पछि हेर्दा त्यो वस्तु माछा रहेछ ।

लिजाको देब्रे आँखाकोतल थोरै काटिनुका साथै नाक सुन्निएको छ । आकाशबाट कसरी माछा वर्षियो भन्ने कुराको यकिन जानकारी आउन सकेको छैन् । विभिन्न सञ्चार माध्यमले के अनुमान गरेका छन् भने चराले चुच्चामा माछा च्यापेर उडिरहेको बेला चुच्चोबाट माछा खसेर ति युवती माथि माछा वर्षिन पुगेको जनाएका छन् ।

Fish From Sky

विशेष